सांसद चन्द्र भण्डारीलाई एयर एम्बुलेन्समार्फत् मुम्बइ लगियो

काठमाडाैं | फागुन ४, २०७९

सांसद चन्द्र भण्डारीलाई एयर एम्बुलेन्समार्फत् मुम्बइ लगियो

काठमाडौं : ग्यास सिलिण्डर विस्फोबाट घाइते भएका नेपाली कांग्रेस सांसद डा.चन्द्रकान्त भण्डारीलाई थप उपचारका लागि मुम्बइ लगिएको छ।

 

श्री एयरलाइन्सको एयर एम्बुलेन्समार्फत् भारतको मुम्बईस्थित नेसनल स्किन वर्न अस्पताल उपचारका लागि लगिएको हो। उनको नेपालमा यथोचित उपचार  सम्भव नभएपछि कृतिम स्वासप्रश्वास दिएर त्यसतर्फ लगिएको हो। उनीसँगै ६ जनाको मेडिकल टिम पनि गएको छ।

 

क्रिटिकल केयर हेड डा.प्रदीप तिवारी,एनेस्थेसिया क्रिटिकल केयर डा.वृहस्पति,फ्लाइट डाक्टर इएमएस रोसन शर्मा,प्यारामेडिक्स इआर दिनेश राई,सागर महर्जन र राज तामाङ गएका हुन्।

 

बुधबार राती आगलागी हुँदा सांसद भण्डारी र उनकी आमा हरिकला भण्डारी घाइते भएका थिए।  घाइते आमा छोरा दुवैजनालाई कीर्तिपुरस्थित कीर्तिपुर वर्न अस्पताल भर्ना गरिएको  थियो। 

 

अस्पतालले उपलब्ध साधन र स्रोतबाट  यथोचित उपचार नेपालमा सहज नहुने देखिएकाले देशबाहिरका सुविधा सम्पन्न स्वास्थ्य संस्थामा लैजान सिफारिस गरेको थियो।

 

आमा हरिकलाको भने उपचारका क्रममा आज बिहान निधन भएको छ। भण्डारीको स्वास्थ्य अवस्था जटिल रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।

 

नेता भण्डारीको २५-३० प्रतिशत शरीर जलेको अस्पतालले जनाएको छ। 

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ ।   यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...

थप पढ्नुहोस्

निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् ।   निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

थप पढ्नुहोस्